|  

मन्त्रिपरिषद् बैठक बस्दै, हिउँदे अधिवेशन आह्वानको सिफारिस गरिने

२० बैशाख २०८१, बिहीबार १२:२९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


बैशाख २०, काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज दिउँसो बस्दैछ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दिउँसो २ बजे बस्ने गरी बोलाइएको बैठकमा सरकारले संघीय संसदको हिउँदे अधिवेशन आह्वानको सिफारिस गर्ने तयारी गरेको छ ।

गत चैत ३० मा हिउँदे अधिवेशन अन्त्य गरेको सरकारले बजेट अधिवेशन बोलाउनका लागि सिफारिस गर्न आँटेको हो । हिउँदे अधिवेशन वैशाख २५ का लागि बोलाउने तयारी सरकारले गरेको छ ।

जेठ १५ मा आगामी वर्षको बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था अनुसार सरकारले त्यसको तयारीका लागि बजेट अधिकार बोलाउने तयारी गरेको हो ।

 

२० बैशाख २०८१, बिहीबार १२:२९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस