|  

मुख्यमन्त्री जम्कट्टेलले गरे शिक्षा विकास निर्देशनालयको भवन शिलान्यास

२१ बैशाख २०८१, शुक्रबार १४:४३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको शिक्षा विकास निर्देशनालयको भवनको शिलान्यास गरिएको छ ।

हेटौँडा उपमहानगरपालिका ८ स्थित सिर्जना बस्तीमा शुक्रबार आयोजित कार्यक्रमका बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले भवनको शिलान्यास गर्नुभएको हो ।

हेटौँडा नगर विकासको नाममा रहेको आठ कट्ठा १६ धुरमा जग्गामा निर्माण हुने शिक्षा विकास निर्देशनालयको प्रशासनिक भवन बहुवर्षीय योजना अन्तर्गत कार्यालयको भवन, कार्यालय प्रमुखको आवास गृह, परीक्षा भवन, क्यान्टिन, पालेघर, कम्पाउन्ड वाल र गेट निर्माण हुनेछ । कार्यालय भवनको जग खन्ने, एक तला ढलानलगायतका कार्य आगामी असार १५ गतेसम्ममा पूरा गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको छ ।

एक करोड ९३ लाख ६१ हजार १३३ रुपियाँको लागतमा कार्यालय भवनको जग तथा एक तला ढलानको कार्य सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको शिक्षा विकास निर्देशनालयका निर्देशक दीपेन्द्र सुवेदीले जानकारी दिनुभयो ।

 

२१ बैशाख २०८१, शुक्रबार १४:४३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस