यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
बैशाख २५, काठमाडौँ । भारतमा लोकसभा निर्वाचनअन्तर्गत तेस्रो चरणको मतदान मंगलबार हुँदैछ । तेस्रो चरणअन्तर्गत १० राज्य र २ केन्द्रशासित प्रदेश गरेर १२ प्रदेशका ९३ सिटका लागि मंगलबार मतदान हुन लागेको हो ।
९३ सिटका लागि एक हजार तीन सय ५१ उम्मेदवार मैदानमा छन् । मंगलबार असमका ४, बिहारका ५, छत्तिसगढका ७, गोवाका २, गुजरातका २५, कर्नाटकका १४, मध्य प्रदेशका ८, महाराष्ट्रका ११, उत्तर प्रदेशका १० तथा पश्चिम बंगालका ४ सिटका लागि मतदान हुनेछ ।