|  

मनोद्दीपक औषधिको सूचीमा ट्रामाडोल र टापेन्टाडोललाई समावेश

२९ बैशाख २०८१, शनिबार १४:११ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


कठमाण्डौं । सरकारले मनोद्दीपक औषधिको सूचीमा ट्रामाडोल र टापेन्टाडोल औषधिलाई समावेश गरको छ । गृह मन्त्रालयको प्रस्तावमा बसेको मन्त्रिपरिषद् बैठकले यी दुई औषधिलाई मनोद्दीपक औषधिको सूचीमा समावेश गर्ने निर्णय गरेको हो ।

दुखाई कम गर्ने औषधिको रुपमा चिनिएको यी दुई औषधिहरुका एकल वा समिश्रण औषधिहरुलाई लागू औषध नियन्त्रण ऐन २०३३ को दफा ३ को खण्ड क को उपखण्ड ७ बमोजिम मनोद्दीपक औषधिको सूचीमा समावेश गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिईन् ।

औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले यी औषधिहरुको समुचित प्रयोग हुनुपर्ने, डाक्टरको प्रेस्किप्सन विना विक्रि बितरण गर्न नमिल्ने बताए । दुखाई कम गर्ने यी औषधिहरुको दुरुपयोग बढी हुने गरेको उनले बताए ।

उनले औषधिहरुको दुरु पयोग भएमा अव सिधै प्रहरीले लागू औषध नियन्त्रण ऐन बमोजिम कार्वाही अघि बढाउन सक्ने बताए ।

२९ बैशाख २०८१, शनिबार १४:११  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस