|  

कवाड व्यवसायीहरूलाई पूर्ण सुरक्षाको ग्यारेन्टी हुन्छ : प्रधानमन्त्री दाहाल

२९ बैशाख २०८१, शनिबार १४:३२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कवाड व्यवसाय लक्षित चलाइएको डोजर रोक्ने बताएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कवाड व्यवसायीहरूको ध्यानाकर्षणपत्र बुझ्ने क्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

अदालतको स्टे अर्डरविपरित काठमाडौँ महानगरले व्यवसायीहरूमाथि धरपकड गर्न नपाउने प्रधानमन्त्री प्रचण्डको भनाई रहेको भेटमा सहभागी एक व्यवसायीले जानकारी दिए । महानगरपालिकाभित्र दर्ता भई आफ्नो पेशा तथा व्यवसाय गर्दै आएका कवाडी व्यवसायीहरूलाई विस्थापित गराउने गरी महानगरभित्रका वडा कार्यालयहरूबाट परिपत्र जारी गरिएकोमा आपत्ति जनाएका थिए ।

महानगरले आफूहरूको व्यावसायिक फर्मको दर्ता नवीकरणसमेत नगरेको उनीहरूको गुनासो थियो । उनीहरुले आफूहरूले प्रचलित कानुनबमोजिम दर्ता भएर सरकारलाई कर तिर्दै आएको कुरा पनि प्रधानमन्त्री दाहाललाई अवगत गराएका थिए ।

 

२९ बैशाख २०८१, शनिबार १४:३२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस