|  

धादिङको बिकास देखेर काँग्रेस, राप्रपा आति सक्यो, माओवादीको काम प्रचार गर्न अझै किन डराउनुहुँन्छ ?

२९ बैशाख २०८१, शनिबार २३:०३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी । धादिङका अधिकांश बिकास निर्माणहरुले माओवादीको सरकार आएपछि कोल्टे फेरेको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले बताउनुभएको छ । हरेक बिकासमा माओवादीको हात रहेको र यसमा खुलेर बोल्न आग्रह समेत उहाँको थियो । अहिले धादिङको बेनिघाट रोराङ, निलकण्ठ नगरपालिका, गजुरी गाउँपालिका, गल्छि गाउँपालिका, सिद्धलेक गाउँपालिका, थाक्रे गाउँपालिका लगायतका आपत्कालीन स्थानमा पुल तथा प्रादेशिक सडकहरु निर्माण भईरहेकाले प्रचारप्रसार गर्नमा कन्जुस्याँई गर्न नहुने उहाँले बताउनुभयो ।

अहिले सरकारले गरिरहेको बिकासका काम देखेर काँग्रेस, राप्रपा लगायतका पार्टीमा छटपटि बढीरहेको भन्दै आफ्नै पार्टी तथा जनताले बिकास भएन भन्ने कुरा सुहाउँदो नभएको उहाँको भनाई थियो । अहिले धादिङका करिव १५र२० ठाउँमा पुल बनिसकेको भन्दै उहाँले अहिले सरकारले केहि गरेन भन्दै हिड्नु गलत भएको र सबैले यसमा सकारात्मकता तर्फ अगाडी बढ्न पनि आग्रह गर्नभयो ।

धादिङ सदरमुकामस्थित जिल्ला समन्वय समितीको हलमा सम्पन्न छैटौँ बैठकमा बोल्दै उहाँले देश अब अस्थिरताबाट पछि हट्दै स्थिर सरकार बन्नेमा आफु आशावादी रहेको समेत उद्घोष गर्नुभयो ।

 

२९ बैशाख २०८१, शनिबार २३:०३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस