|  

इन्डोनेसियाको पश्चिमी सुमात्रामा बाढीमा परि १५ जनाको मृत्यु

३० बैशाख २०८१, आईतवार १६:१२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । इन्डोनेसियाको पश्चिम सुमात्रा प्रान्तको अगाम रिजेन्सीमा शनिवार साँझ आएको बाढीका कारण १५ जनाको मृत्यु र अन्य दर्जनौं घाइते भएका छन् ।

बीएनपीबीका प्रवक्ता अब्दुल मुहारीले आइतवार ११ जनाको शव कान्डुआङ जिल्लामा र चारवटा सुङ्गाई पुआ जिल्लामा भेटिएको जानकारी दिए । घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ ।
भारी वर्षापछि आएको बाढीले कान्डुआङ, सुङ्गाई पुआ र आईभी कोटो जिल्लामा क्षति पुर्याएको थियो ।

कान्डुआङ जिल्लामा आवासीय घर, सार्वजनिक सुविधा र पसललगायत ९० वटा भवन डुबानमा परेका छन् ।

 

 

३० बैशाख २०८१, आईतवार १६:१२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस