|  

३२ वर्षीय नेपाली युवकको मलेसियामा आगलागीमा परी मृत्यु

१ जेष्ठ २०८१, मंगलवार ११:२५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौं । बैतडीका एक युवकको मलेसियामा आगलागीमा परी ज्यान गएको छ । मेलौली नगरपालिका–१ का ३२ वर्षीय दिपकसिंह नायकको मलेसियामा मृत्यु भएको हो । नायक सुतिरहेको कोठामा विद्युतको तार सर्ट भई आगलागी भएको थियो ।

उक्त आगलागीमा परेर नायकको मृत्यु भएको खुलेको छ । वैदेशिक रोजगारीको सिलसिलामा दिपक विगत ९ वर्षदेखि मलेसियामा काम गर्दै आएका थिए । नायकको शव नेपाल ल्याउन पहल भइरहेको वडा अध्यक्ष शरद नेगीले बताए । दिपकको मलेसियामा मृत्यु भएपछि उनको घरपरिवार शोकमा डुबेको छ ।

 

१ जेष्ठ २०८१, मंगलवार ११:२५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस