|  

भारतमा चट्याङले १२ जनाको मृत्यु

५ जेष्ठ २०८१, शनिबार ०७:१२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


जेठ ५, काठमाण्डौँ । भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा चट्याङ पर्दा कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको अधिकारीहरूले बताएका छन् ।

पश्चिम बङ्गालको राजधानी कोलकाताबाट करिब तीन सय २७ किलोमिटर उत्तरमा रहेको माल्दा जिल्लामा चट्याङ प्रहारमा हताहतजन्य घटना भएको बताइएको छ ।
अधिकारीहरूले सबै पीडित चट्याङ परेको समयमा घरबाहिर बगैँचा तथा खेतमा काम गरिरहेका अवस्थामा उनीहरुमाथि प्रहार गरेकाले धेरै मानिसको मृत्यु भएको स्रोतले जनाएको छ ।

५ जेष्ठ २०८१, शनिबार ०७:१२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस