|  

गजुरी गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम : दुई बर्षमै भए यति धेरै काम !

९ जेष्ठ २०८१, बुधबार १५:०९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी । धादिङको गजुरी गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्‍न गरेको छ । गाउँपालिकामा शुसासन, पारदर्शिता र जवाफदेहिता कायम गर्न आव २०८०।०८१ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्‍न गरेको हो ।

गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठ अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरुले गाउँपालिकाका बिकास निर्माण, योजना,स्वास्थ्य, शिक्षा, कृषि लगायतका पालिकाबाट भएका सेवा प्रवाह तथा कार्यसम्पादनको बिषयमा प्रश्‍न तथा जिज्ञासाहरु राखेका थिए । प्रश्‍न तथा जिज्ञासाहरुलाई गजुरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु अधिकारी, उपाध्यक्ष शर्मिला बिसुराल र अध्यक्ष गणेशलाल श्रेष्‍ठले सम्बोधन गर्नु भएको थियो । यसका साथै सहभागीहरूले उठाएका सवालको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, गाउँ कार्यपालिकाका सदस्य र विषयगत शाखाका प्रमुखहरूले समेत जवाफ दिनुभएको थियो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुले सडक तथा घर पुर्ननिर्माण, शिक्षा क्षेत्रको सुधार तथा रिक्त स्थानमा पद पूर्ति, क्रमागत योजनाहरुका रकमको ब्यवस्थापन, वडा कार्यालयको सेवा प्रवाह र शुसासन, स्वास्थ्य सेवा प्रवाह र महिलाहरुको क्षमता अभिबृद्धि सम्बन्धि तालिम कार्यक्रमहरु, सुचनाको पहुँच र त्यसको विस्तार, खानेपानी तथा कार्यालयमा भएका केहि कमीकमजोरीहरुका बारेमा प्रश्न गरेका थिए ।

संचार केन्द्र नेपालको सहजीकरणमा भएको कार्यक्रममा गाउँपालिकाका निर्वाचित जनप्रतिनिधि,राजनैतिक दलका प्रमुख एवम् प्रतिनिधि,संघसस्थाका प्रमुख एवम् प्रतिनिधि,नागरिक अगुवा लगायत गजुरी गाउँपालिका बासीहरूको सकृय सहभागीता रहेको थियो । गाउँपालिकाले सार्वजनिक सुनुवाईकै अवसर पारेर गाउँपालिका विशेष गजुरी बुलेटिन समेत बिमोचन गरेको थियो ।

 

९ जेष्ठ २०८१, बुधबार १५:०९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस