|  

कुँदियो शालग्राम भगवानको नाम कालीगण्डकी दोहन रोक्न

९ जेष्ठ २०८१, बुधबार १४:१७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । कालीगण्डकी नदीका बगरका शालग्राम शिलामा अक्षरहरू कुँदिएका छन्। शालिग्राम शिला नदी दोहनका कारण यहाँको अस्तित्व संकटमा परेकाले शालग्राम शिला र सिंगो नदी प्रणाली बचाउन नदीका शिलाको नामांकन तथा चित्रांकन सुरू गरिएको छ ।

आइतबार मोहिनी एकादशीको अवसर पारेर कालीगण्डकी बचाऔं अभियान र शालिग्राम संरक्षण अभियान पर्वतले शालग्राम शिलामा अक्षरहरू कुँदन सुरू गरेको हो।

कार्यक्रममा सयौंको संख्यामा आएका मानिसले गण्डकी स्नान गरे। उनीहरूले हरिहर नाम संकृतन गर्दै गलेश्वर धामबाट पर्वत कुश्मा बजारसँग जोडिएको मोदीवेणीधामसम्मको बागर खण्डका मुख्य धर्मघाटका शिलाहरूमा शालग्राम भगवानको विभिन्न अवतारका नाम शिलामा कुँदेका छन्।

 

९ जेष्ठ २०८१, बुधबार १४:१७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस