|  

गर्मी बढेपछि ६० जना कारागारमा रहेका कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण

९ जेष्ठ २०८१, बुधबार १४:२७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । गर्मी बढेपछि कारागारमा रहेका कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गरिएको छ। क्षमताभन्दा बढी कैदीबन्दी भएकाले स्थानान्तरण गरिएको हो।

जिल्ला कारागार चितवनका प्रमुख कमलप्रसाद आचार्यले वढ्दो गर्मीसँगै सरुवा रोग फैलन सक्ने भएकाले कारागारमा रहेका कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गरिएको बताए ।

कैदीबन्दी भेट्न आउने आफन्तलाई समेत माक्सको प्रयोग गर्न र सामाजिक दूरी कायम गर्न अनुरोध गरिएको छ। कारागारमा कैदीबन्दीको चाप बढेपछि वैशाखमा मात्रै ६० जनालाई विभिन्न कारागारमा स्थानान्तरण गरिएको कारागार प्रमुख आचार्यले जानकारी दिए।

 

९ जेष्ठ २०८१, बुधबार १४:२७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस