यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
जेठ ११, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशका सामुदायिक क्याम्पसहरूलाई एकआपसमा गाभेर बताउनुभएको छ । “उच्च शिक्षामा चुनौतीः रोजगारी, स्थिरता र बिचमै पढाई छोड्ने प्रवृत्तिलाई न्यूनीकरण’’ सम्बन्धी हेटौँडामा सुरु भएको राष्ट्रिय शैक्षिक सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उहाँले सामुदायिक क्याम्पस पीडा र समस्यामा रहेको बताउनुभयो ।
सामुदायिक क्याम्पसले ग्रामीण क्षेत्रमा उच्च शिक्षामा धेरै योगदान गरेको बताउदै समय बदलिएसँगै समुदायमा रहेका सामुदायिक क्याम्पसहरु गाम्भुपर्नेमा जोड दिनुभयो । विद्यार्थीहरू शहर र विदेश केन्द्रित हुँदा क्याम्पसमा घट्दो विद्यार्थीका कारण शिक्षकलाई तलब खुवाउन समेत समस्या भइरहेको उहाँले बताउनुहुँदै ग्रामीण क्षेत्रमा आवासीय मोडेलमा एक वडा एक विद्यालयको अवधारणामा प्रदेश सरकार जान लागेको जानकारी दिनुभयो ।
माध्यामिक तहको शिक्षाका लागि स्थानीय तहसँग सहकार्य गरेर अगाडि बढ्दै कक्षा ९ देखि १२ सम्म प्राविधिक शिक्षा हुनुपर्ने उहाँको भनाइ छ । उहाँले नर्सिङ, इन्जिनियरिङ शिक्षा अहिलेको आवश्यकता रहेको औँल्याउनुभयो ।
‘‘शिक्षा नितान्त सैद्धान्तिक मात्रै भयो, अब व्यवहारिक, प्राविधिक र जिवनउपयोगी शिक्षाको आवश्यकता छ,’’ मुख्यमन्त्री जम्कट्टेलले भन्नुभयो । उच्च शिक्षा अध्ययन पश्चात व्यवहारिक र प्राविधिक शिक्षा नहुँदा बेरोजगार मात्रै उत्पादन भइरहेको र उनीहरु विदेशी जाने क्रम बढेकाले अब समाधान दिनेखाल्नेको शिक्षाको संरचना आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो ।
मुख्यमन्त्री जम्कट्टेलले पाठ्यक्रम पुरानै ढाँचाको रहेकाले अब पाठ्यक्रम र परीक्षा प्रणाली परिवर्तन आवश्यक रहेको औंल्याउनुहुँदै परीक्षा प्रणालीलाई पूर्णरुपमा योग्यताक्रम मेरिडमा लैजानुपर्ने बताउनुभयो । उहाँले प्राविधिक शिक्षामा रहेको कोटा प्रणालीलाई शिक्षामा सिण्डिकेटको संज्ञा दिनुहुँदै सरकारले कोटा प्रणाली हटाउनुपर्नेमा जोड दिनुभयो ।