|  

टी–२० विश्वकप : अभ्यास खेलमा नेपाल विजयी

१२ जेष्ठ २०८१, शनिबार १३:५३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटको तयारीका लागि अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले ह्युस्टन हरिकेन्स विरुद्धको पहिलो अभ्यास खेलमा संघर्षपूर्ण जित हासिल गरेको छ ।

गएराति सम्पन्न खेलमा नेपालले हरिकेन्सलाई ६ रनले पराजित गरेको हो । अब हेरिकेन्सविरुद्धको दोस्रो अभ्यास खेल आज राति हुनेछ ।

यो अभ्यास खेलपछि नेपालले विश्वकपअघि क्यानाडा र अमेरिकाविरुद्ध वार्म अप खेल खेल्ने तालिका रहेको छ । नेपालले मे २७ मा अमेरिकाको डलासमा क्यानाडाविरुद्ध वार्म अप खेल खेल्ने छ भने मे ३० मा डलासमै अमेरिकाविरुद्ध खेल्ने भएको छ ।

जुन २ तारिखदेखि विश्वकप शुरु हुनेछ । नेपाल समूह डीमा रहेको छ । समूह डीमा नेपालसहित दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्याण्ड्स रहेका छन् ।

१२ जेष्ठ २०८१, शनिबार १३:५३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस