|  

बजेट १९ खर्ब हाराहारीको आउँदै, तलब नबढ्ने

१३ जेष्ठ २०८१, आईतवार ०९:३६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


जेठ १३, काठमाडौँ । आगामी आर्थिक वर्षका लागि साढे १९ खर्ब हाराहारीको बजेट आउने भएको छ । आगामी आर्थिक वर्षको बजेटका लागि १८ खर्बको बजेट सिलिङ तोकिदिए पनि त्यसभन्दा ठूलो आकारको बजेटको तयारी अर्थ मन्त्रालयले गरेको छ ।

राष्ट्रिय योजना आयोगले तयार पारेको मध्यकालीन खर्च संरचनामा तोकिएअनुसार साढे १९ खर्ब हाराहारीको बजेटको तयारी भएको मन्त्रालय स्रोतले भनेको छ । मध्यकालीन खर्च संरचनाले आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ४९ अर्ब ५० करोडको हुनुपर्ने उल्लेख गरेको छ । आगामी आर्थिक वर्षको बजेटले सरकारी कर्मचारीको तलब वृद्धि नगर्ने अर्थ मन्त्रालयको तयारी छ ।

१३ जेष्ठ २०८१, आईतवार ०९:३६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस