|  

विपक्षी दलको अवरोधमै आर्थिक सर्वेक्षण पेश

१३ जेष्ठ २०८१, आईतवार १२:५४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


जेठ १३, काठमाडौँ । प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८०र०८१ को आर्थिक सर्वेक्षण पेश भएको छ । सरकारका तर्फबाट अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८०र०८१ को आर्थिक सर्वेक्षण पेश गरेका हुन् ।

सभामुख देवराज घिमिरेले आर्थिक सर्वेक्षण पेश गर्न अर्थमन्त्री पुनलाई समय दिएपछि कांग्रेसका सांसदहरूले नाराबाजी गर्दै वेल घेराउ गर्न पुगेका थिए। त्यसपछि मर्यादापालकहरूले अर्थमन्त्री पुनलाई रोष्ट्रममा पुर्‍याएका थिए ।

सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलहरूले सदनमा नाराबाजी गरिरहेका छन् ।

१३ जेष्ठ २०८१, आईतवार १२:५४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस