|  

बजेटको तयारी पूरा, बजेट पारित गरिँदै

१५ जेष्ठ २०८१, मंगलवार १४:५४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


जेठ १५, काठमाडौँ । आगामी आर्थिक वर्ष २०८१-८२ को बजेटको तयारी पूरा भएको छ । अर्थ सचिव मधुकुमार मरासिनीले अर्थमन्त्री वर्षमान पुनलाई बजेटको मस्यौदा हस्तान्तरण गरेसँगै बजेटको तयारी सम्पन्न भएको हो ।

हस्तान्तरणपछि अर्थमन्त्री पुन बजेट पारित गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेपछि मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।
३ बजे पुनले संसद्को संयुक्त बैठकमा बजेट पेस गर्ने कार्यक्रम छ ।

 

१५ जेष्ठ २०८१, मंगलवार १४:५४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस