|  

सहकारी ठगी छानबिन समितिको पहिलो बैठक : कार्यविधि बनाएर काम सुरु गरिने

२३ जेष्ठ २०८१, बुधबार १६:०६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


जेठ २३, काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेसहित मुछिएको सहकारी ठगी प्रकरणको छानबिन गर्न गठित विशेष संसदीय समितिले आज देखि काम थालेको छ ।

१५ जेठमा प्रतिनिधिसभा बैठकबाट छानबिन समिति गठन गरिएको थियो । बुधबार समितिको सचिवालय तयार भएपछि समितिले काम थालेको हो । अहिले समितिको पहिलो बैठक जारी छ । पहिलो बैठकमा सभामुख देवराज घिमिरे पनि सहभागी छन् । समितिले पहिलो कार्यविधि बनाएर काम सुरु गर्नेछ ।

 

२३ जेष्ठ २०८१, बुधबार १६:०६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस