|  

जसपा नेपाल फुटविरुद्धको मुद्दामा आज पनि सुनुवाइ हुँदै

२७ जेष्ठ २०८१, आईतवार ०९:४४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


जेठ २७, काठमाडौँ । जनता समाजवादी पार्टी, नेपाल फुट विरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदैछ ।
सर्वोच्च अदालतमा गत शुक्रबार हेर्दा हेर्दैमा परेको रिटमा आज पनि सुनुवाइ हुन लागेको हो । न्यायाधीश हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा परेको रिटको सुनुवाइ नसकिएपछि हेर्दा हेर्दैमा राखिएको थियो ।

राजनीतिक दलसम्बन्धी ऐन नै निष्क्रिय भएका बेला पार्टी फुटलाई निर्वाचन आयोगले वैधता दिएको भन्दै अध्यक्ष उपेन्द्र यादव अदालत पुगेका थिए । यादवले पार्टी फुटाएर गएकाहरुको सांसद र मन्त्री पद निलम्बन गर्न माग गरेका छन् ।

२७ जेष्ठ २०८१, आईतवार ०९:४४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस