|  

कोशी सरकार गठनविरुद्धको रिट ‘हेर्न नमिल्ने’मा

२७ जेष्ठ २०८१, आईतवार १३:१० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


जेठ २७, काठमाडौँ । कोशी प्रदेश सरकार गठनविरुद्धको रिट हेर्न नमिल्नेमा परेको छ ।

निवर्तमान मुख्यमन्त्री केदार कार्कीले नयाँ सरकार गठनविरूद्व सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिटको सुनुवाई पूर्ण इजलासमा तोकिएको थियो ।

न्यायाधीशत्रय प्रकाशकुमार ढुंगाना, अब्दुल अजिज मुसलमान र सुनीलकुमार पोखरेलको इजलासमा रिटको सुनुवाइ हुने तय थियो । न्यायाधीश पोखरेलले यसअघि कोसीका तत्कालीन मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरुद्ध हालका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दायर गरेको रिटमा कानुन व्यवसायीका रूपमा बहस गरेका थिए । उक्त मुद्दामा कार्कीको पक्षमा फैसला भएको थियो ।

२७ जेष्ठ २०८१, आईतवार १३:१०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस