यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
जेठ २८, काठमाडौँ । सेन्चुरी बैंकका पूर्वअध्यक्ष राजेश श्रेष्ठसहित ८ जना पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले उनहिरूलाई आज पक्राउ गरेको हो । धितोभन्दा धेरै ऋण प्रवाह गरेको पाइएपछि उहनीहरूलाई पक्राउ गरिएको जानकारी दिइएको छ ।
यसअघि सो प्रकरणमा प्रहरीले बैंकका पूर्वसीईओ तुलसीराम गौतम र पूर्वसीईओ मनोज न्यौपानेसहित १० जनालाई पक्राउ गरिसकेको छ।