यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
जेठ ३०, काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेर १ लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस अघि मंगलबार सुनको मूल्य १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ९०० रुपैयाँ कायम भएको छ । यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । आज चाँदी तोलामा ५ रुपैयाँले बढेर १८२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।