यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
गजुरी । अत्यधिक गर्मीले धादिङसहित देशभरको जनजिवन प्रभावित भईरहेको छ । अहिले तराई देखि पहाड तथा हिमालमा पनि गर्मी बढ्दै गईरहेको छ । धादिङ बेनिघाट रोराङ गाउँपालिकाले गर्मीका कारण तीन दिन बिदालय बन्द गर्ने निर्णय गरेको छ । पालिकाले आफ्नो क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयलाई आग्रह गरिएको छ ।
बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष बिबेक थपलियाले गर्मी बढिरहेको र अझै केही दिन यो क्रम बढ्नसक्ने मौसम विभागको पूर्वानुमान तथा बालबालिकाको स्वास्थ्यलाई दृष्टिगत गरी तीन दिन गर्मी बिदा थप गरिएको प्रदेश हवलाई बताउनुभयो । बिद्यालय बिदाको लागी पालिकाले एक सूचना समेत प्रकाशित गरेको छ ।