|  

३२ दिने बेमौसमी तरकारी खेति तालिम गजुरीको आदामारामा सम्पन्न

३१ जेष्ठ २०८१, बिहीबार २१:४१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी । धादिङ गजुरी गाउँपालिका वडा नम्बर एक अन्तर्गत आदामारामा ३२ दिने बेमौसमी तरकारी खेति तालिम सम्पन्न भएको छ । हत्केलामा सिप थमाई सिर्जनशिल बनौँ,उद्यमशिलता रोजगारी र आयआर्जनको दायरालाई फराकिलो बनाई जिवनस्तर समृद्ध पारौँ भन्ने मुख्य नारालाई आत्मसात गर्दै यो तालिम समापन गरिएको वडा नम्बर एकका अध्यक्ष तारानाथ भण्डारीले जानकारी दिनुभयो ।
ब्यबसायिक तथा सिप बिकास तालिम केन्द्र गजुरी धादिङको सहयोगमा संचालित युवा लक्षित ब्यबसायिक एवम् सिपमूलक ३२ दिने तालिमको प्रमाणपत्र प्रदान गरिएसँगै समापन भएको हो ।

समुदायमा रहेका बेरोजगार तथा उचित सिपको कमीले तरकारी तथा बेमौसमी खेतिका लागी दक्ष नभएका ब्यक्तिहरुको लागी बिषेशगरि यो तािलम सञ्चालन गरिएको सिप बिकास तालिम केन्द्र धादिङका प्रमुख पुरुषोत्तम पाण्डेले जानकारी दिनुभयो ।

धादिङका बिभिन्न स्थानमा तालिम सञ्चालन गरिसकेको यो तालिम बिषेशगरि वडा अध्यक्षको पहलमा आदमारामा आउन सफल भएको उहाँको भनाई थियो । उहाँले सिप सिकेपछिका दिनमा प्रमाणपत्र लाई सिरानीमा राख्ने नभई ब्यबहारमा उतार्नुपर्नेमा जोड दिनुभयो ।

तरकारी खेती गर्दा कस्ता कुरामा ध्यान दिने, माटोको परिक्षण कसरी गर्ने र कुन माटोमा कुन तरकारी उत्पादन राम्रो हुन्छ ? बेमौसमी तरकारी खेति गर्दा कसरी फाईदा हुन्छ भन्ने लगायतका बिषयमा जानकारी गराईएको ब्यबसायिक तथा सिप बिकास तालिम केन्द्र तथा कार्यक्रमका प्रशिक्षक शिव पाण्डेले जानकारी दिनुभयो । साथै कार्यक्रममा बल बहादुर गुरुङले प्रशिक्षण दिनुभएको थियो ।

आफ्नै गाउँमा आएको यस्ता तालिमले आयआर्जनमा ठूलो राहात प्रदान गरेको तालिममा सहभागी निरा चेपाङले बताउनुभयो । घरका करेसाबारी तथा खेतमा सानो आकारमा लगाईने तरकारीलाई अब बिस्तारित रुपमा गर्न आँट आएको उहाँले बताउनुभयो । अहिले तरकारी तथा अन्य बालीमा पनि खेती गर्ने हौसला प्रदान गरेको बताउनुभयो ।

कार्यक्रममा सहभागीहरुलाई हौसला प्रदान गर्दै आगामी दिनमा उत्कृष्ट किसान बनेर देखाउन वडा नम्बर १ का अध्यक्ष तारानाथ भण्डारीले आग्रह समेत गर्नुभएको थियो ।

३१ जेष्ठ २०८१, बिहीबार २१:४१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस