|  

नेपाल प्रहरीका ७ जना प्रहरी एसपीको सरुवा तथा पदस्थापन

१ असार २०८१, शुक्रबार ०८:५६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


जेठ ३२, काठमाडौँ । नेपाल प्रहरीका ७ जना प्रहरी उपरीक्षक एसपीको सरुवा तथा पदस्थापन भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा काजीबहादुर आचार्य आएका छन् ।

उनी जिप्रका पश्चिम नवलपरासीमा थिए । त्यहाँ मानव बेचविखन अनुसनधान ब्युरो मानव बेचविखन अनुसन्धान शाखामा रहेका एसपी ज्ञानेन्द्रप्रसाद फुयाँललाई पठाएको छ । मानव बेचविखन अनुसन्धान शाखामा एकनारायण कोइरालाको सरुवा भएको छ । उनी नेपालप्रहरी विपद् व्यवस्थापन कार्यालयरकार्यपरिचलन शाखामा कार्यरत थिए ।

अपराध अनुसन्धान विद्यालय मानव स्रोत व्यवस्थापन शाखामा रहेका एसपी प्रदीपबहादुर क्षेत्रीको कोशी प्रदेश प्रहरी गण, विराटनगरमा सरुवा भएको छ ।

 

१ असार २०८१, शुक्रबार ०८:५६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस