यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
असार २, काठमाडौँ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलरको सटही दर बढेको छ भने युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको भाउ घटेको छ ।
यसदिन अमेरिकी डलर १ को खरिद दर १३३.४० रुपियाँ र बिक्री दर १३४ रुपियाँ रहेकामा अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार खरिद १३३.३८ रुपियाँ र बिक्री १३३.९८ रुपियाँ थियो ।
त्यसैगरी, अघिल्लो कारोबार दिन युरो १ को खरिद मूल्य १४३.९४ रुपियाँ र बिक्री मूल्य १४४.५९ रुपियाँ रहेकामा आज खरिद १४२.७६ रुपियाँ र बिक्री १४३.४० रुपियाँ तोकिएको राष्ट्र बैंकले जनाएको छ ।
साथै, सातै पहिलो कारोबार दिन आइबारका लागि पाउन्ड १ को खरिद दर १६९.५१ रुपियाँ र बिक्री दर १७०.२७ रुपियाँ निर्धारण गरिएको छ । अघिल्लो कारोबार दिनमा भने खरिद १७०.३७ रुपियाँ र बिक्री १७१.१४ रुपियाँ थियो ।