|  

टी-२० विश्वकप २०२६ का लागि सिधै छनोट भएका १२ देशहरु कुन-कुन छन् ?

६ असार २०८१, बुधबार ०६:५८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


असार ५, काठमाडौँ । आईसीसी टी-२० विश्वकप २०२४ को उत्साह अब अन्तिम चरणमा पुगेको छ । समूह चरणका खेल सकिएको छ । अब सुपर-८ का खेलहरु जुन १९ देखि सुरु हुनेछ ।

सुपर-८ मा अष्ट्रेलिया, भारत, इङ्ल्यान्ड, अफगानिस्तान, वेस्ट इन्डिज, दक्षिण अफ्रिका, बंगलादेश र अमेरिका पुगेका छन् । यससँगै सन् २०२६ को टी–२० विश्वकपका लागि सिधै छनोट हुने टोलीको नाम पनि सार्वजनिक भएको छ ।
सन् २०२४ जस्तै टी-२० विश्वकप २०२६ मा २० टोली सहभागी हुनेछन्, जसका लागि अहिले नै १२ टोली छनोट भएका छन् ।

२०२६ को टी–२० विश्वकप सोझै खेल्ने अवसर पनि गुमायो नेपालले
सूचीमा सुपर-८ मा पुग्न असफल भएका पाकिस्तान, श्रीलंका र न्युजिल्यान्डको नाम पनि छ । आईसीसीको वरियतालाई आधार मानेर यी तीन टोली सिधै छनोट भएका हुन् । अर्कोतर्फ भारत र श्रीलंका सहआयोजक भएकाले कारण स्वतः छनोट भएका छन् ।

६ असार २०८१, बुधबार ०६:५८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस