|  

धादिङ दार्खामा नेतृत्व विकास तालिम सम्पन्न

१२ असार २०८१, मंगलवार ०७:०४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी । धादिङ खनियावास गाउँपालिका वडा नं ४ चौकीमा समुह व्यवस्थापन तथा नेतृत्व विकास तालिम सोमबार सम्पन्न भएको छ । नेतृत्व विकास सम्बन्धि २ दिने तालिममा १५ जनाको समुह सहित २१ जना सहभागीता रहेको थियो ।

प्रयास नेपाल धादिङले आड्रा नेपालको साझेदारी तथा खनियावास गाउँपालिकाको समन्वयमा संचालनमा भएको उत्थानशील जिविकोपार्जन तथा खाद्य सुरक्षा सुढृढिकरण परियोजना अन्तरगत वडा नं ३, ४ र ५ मा गठित कृषक समुहका पदाधिकारीहरुको लागि २ नेतृत्व विकास तालिम संचालन गरिएको सामुदायिक सहजकर्ता लक्ष्मी सुनारले बताउनुभयो । तालिमका सहभागीहरु आफुले सिकेका ज्ञान,सिप आआफ्नो समुहमा लागु गर्न कार्ययोजना तयार गरी समुहमा लागु गर्ने प्रतिबद्धता गरेका पनि सामुदायिक सहजकर्ता लक्ष्मी सुनारले जानकारी दिनु भयो ।

नेतृत्व विकास तालिममा नेता,नेतृत्व , नेतृत्वका गुणहरु, समुह , समुहको संस्थागत विकास , बैठक संचालन प्रक्रिया , समुहको पदाधिकारीहरुको काम , कर्तव्य , उत्तरदायित्व , माईनुट लेखन अभ्यास , समन्वय ,सहकार्य के किन र कसरी ,समुहको निति नियमहरु लगायतका बिषयमा सहजकर्ता रेनुका रुपाखेति र प्रयास नेपाल,धादिङका जेण्डर एसोसिएट शर्मिला गुरुङ सहजिकरण गर्नु भएको थियो ।

कार्यक्रममा प्रयास नेपाल धादिङ र आड्रा नेपालको संस्थागत चिनारी र परियोजनाको लक्ष्य, उदेश्य संचालन प्रक्रिया र मुख्य क्रियाकलापहरुको बारेमा प्रयास नेपाल धादिङका पशुस्वास्थ्य प्राविधिक रुपेश तामाङले जानकारी गराएका थिए ।

समुह तथा समुदाय तहमाकुनै पनि क्रियाकलाप तथा सहयोग उपलब्ध गराउँदा लैगिक समानता र समावेशीकरणको पक्षमा बिशेष ध्यान दिई कार्य गर्ने निति रहेको जेण्डर एसोसिएट शर्मिला गुरुङले बताउनु भयो । कृषकको क्षमता विकास , जलवायु कृषक पाठशाला , प्राविधिक ज्ञान, सिप हस्तान्तरण गरी कृषि तथा पशुपालनमा उत्पादन र उत्पादकत्व बृद्धिमा टेवा पुर्याउने, पारिवारिक सदस्य तथा समुदायमा लैगिक समाबेशीकरण अभिबृद्धिमा वडा तथा पालिकालाई सहयोग पुर्याउने उदेश्यले धादिङ जिल्लाका खनियावास र गंगाजमुना गाउँपालिकामा सबै वडाहरुमा ८० वटा कृषक समुह मार्फत उत्थानशील जिविकोपार्जन तथा खाद्य सुरक्षा सुढृढिकरण परियोजना संचालन गरिएको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले बताउनु भयो ।

१२ असार २०८१, मंगलवार ०७:०४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस