गजुरी । गंगाजमुना गाउँपालिका वडा नं २ तावलमा समुह व्यवस्थापन तथा नेतृत्व विकास तालिम मंगलबारबाट शुरु भएको छ । गंगाजमुना वडा नं २ का वडाध्यक्ष बल बहादुर तामाङको आतिथ्यतामा शुर भएको नेतृत्व विकास सम्बन्धि २ दिने तालिममा समुह १० जना सहित १३ जना सहभागीता रहेको थियो । बुधबार सम्म संचालन हुने तालिम उद्घघाटनमा सत्रमा शुभ कामना दिनु हुँदै वडाध्यक्ष बल बहादुर तामाङले कृषकहरुले परम्परागत खेती प्रणालीबाट अब व्यवसायिक खेती गर्न अग्रसर हुनु पर्ने र यसको लागि गाउँपालिकाले प्रयास नेपाल,धादिङसँग समन्वय र सहकार्य गरि कृषि तथा पशुपालनमा उत्पादन तथा उत्पादकत्व बढाउन कार्यक्रम संचालन गरिएको बताउनु भएको सामुदायिक सहजकर्ता निशानी तामाङले जानकारी दिनु भयो ।
प्रयास नेपाल धादिङले आड्रा नेपालको साझेदारी तथा गंगाजमुना गाउँपालिकाको समन्वयमा संचालनमा भएको उत्थानशील जिविकोपार्जन तथा खाद्य सुरक्षा सुढृढिकरण परियोजना अन्तरगत वडा नं १ र २ मा गठित कृषक समुहका पदाधिकारीहरुको लागि २ नेतृत्व विकास तालिम संचालन गरिएको हो ।
नेतृत्व विकास तालिममा नेता,नेतृत्व , नेतृत्वका गुणहरु, समुह , समुहको संस्थागत विकास , बैठक संचालन प्रक्रिया , समुहको पदाधिकारीहरुको काम , कर्तव्य , उत्तरदायित्व , माईनुट लेखन अभ्यास , समन्वय ,सहकार्य के किन र कसरी ,समुहको निति नियमहरु लगायतका बिषयमा सहजकर्ता रेनुका रुपाखेति र प्रयास नेपाल,धादिङका जेण्डर एसोसिएट शर्मिला गुरुङ सहजिकरण गर्नु भएको थियो ।
कार्यक्रममा प्रयास नेपाल धादिङ र आड्रा नेपालको संस्थागत चिनारी र परियोजनाको लक्ष्य, उदेश्य संचालन प्रक्रिया र मुख्य क्रियाकलापहरुको बारेमा प्रयास नेपाल धादिङका शर्मिला गुरुङले जानकारी दिनु भएको थियो । समुह तथा समुदाय तहमा कुनै पनि क्रियाकलाप तथा सहयोग उपलब्ध गराउँदा लैगिक समानता र समावेशीकरणको पक्षमा बिशेष ध्यान दिई कार्य गर्ने निति रहेको पिन जेण्डर एसोसिएट शर्मिला गुरुङले बताउनु भयो ।
कृषकको क्षमता विकास , जलवायु कृषक पाठशाला , प्राविधिक ज्ञान, सिप हस्तान्तरण गरी कृषि तथा पशुपालनमा उत्पादन र उत्पादकत्व बृद्धिमा टेवा पुर्याउने, पारिवारिक सदस्य तथा समुदायमा लैगिक समाबेशीकरण अभिबृद्धिमा वडा तथा पालिकालाई सहयोग पुर्याउने उदेश्यले धादिङ जिल्लाका खनियावास र गंगाजमुना गाउँपालिकामा सबै वडाहरुमा ८० वटा कृषक समुह मार्फत उत्थानशील जिविकोपार्जन तथा खाद्य सुरक्षा सुढृढिकरण परियोजना संचालन गरिएको प्रयास नेपाल धादिङका सहजकर्ता निशानी तामाङले जानकारी दिनु भयो ।