|  

बहुप्राबिधिक शिक्षालयलाई गजुरी गाउँपालिकाद्वारा खेलकुद सामाग्री हस्तान्तरण

१३ असार २०८१, बुधबार १८:०६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी । धादिङ बहुप्राबिधिक शिक्षालय गजुरीलाई गजुरी गाउँपालिकाले खेलकुद सामाग्री प्रदान गरेको छ ।
शिक्षालयमा आयोजित एक कार्यक्रममा गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले खेल सामग्री हस्तान्तरण गर्नुभएको हो ।

गाउँपालिकामा समग्र विकासका लागि खेलकूदको पनि स्तरोन्नति आवश्यक भएकोले गाउँपालिकाले खेल सामग्री हस्तान्तरण गरिएको अध्यक्ष श्रेष्ठले बताउनभयो ।

खेलकूदले मानवलाई स्वस्थ्य बनाउने, अनुशासित बनाउने, भाइचाराको विकास गर्ने, देशविदेशमा परिचित गराउने भएकोले खेल क्षेत्रको पनि विकास जरुरी रहेको उहाँको भनाई थियो ।

कार्यक्रममा गजुरी १ का वडाध्यक्ष तारानाथ भण्डारीले खेलाडी उत्पादन गर्न यस प्रकारका कार्यले सहयोग पुग्ने बताउनुभयो । भौतिक विकासले मात्र समग्र समाजको विकास नहुने भन्दै खेल क्षेत्रलाई पनि उदारतापूर्बक सहयोग गर्नुपर्ने अध्यक्ष भण्डारीले बताउनुभयो ।

खेलकुद क्षेत्रलाई अगाडि बढाउनु पर्छ भन्ने उद्देश्यका साथ गजुरी गाउँपालिकाले धादिङ बहुप्राबिधिक शिक्षालय गजुरीलाई ब्याडमिन्टन, भलिबल, फुटबल हस्तान्तरण गरिएको हो । कार्यक्रममा गजुरी गाउँपालिका अध्यक्ष गणेश लाल श्रेष्ठ,गजुरी १ का वडा अध्यक्ष तारानाथ भण्डारी, समाजसेवी नकुल थापा लगायतको सहभागीता रहेको थियो ।

१३ असार २०८१, बुधबार १८:०६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस