|  

आज काठमाडौँमा तरकारी र फलफूलको मूल्य प्रतिकेजी कति छ ?

१५ असार २०८१, शुक्रबार ०८:५८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


असार १४, काठमाडौँ । आज कालीमाटीमा ठुलो नेपाली गोलभेडा प्रतिकेजी ६६ रुपैयाँ ६७ पैसा, लोकल सानो गोलभेडा २१ रुपैयाँ ६० पैसा, टनेल गोलभेडा ३१ रुपैयाँ, रातो आलु ५८ रुपैयाँ, मुडेको रातो आलु र रातो आलु भारतीय ५१ रुपैयाँ ३३ पैसा र सुकेको प्याज प्रतिकेजी ९७ रुपैयाँ ५० पैसा तोकिएको छ ।

त्यस्तै, लोकल गाजर प्रतिकेजी ७० रुपैयाँ, लोकल बन्दा ३० रुपैयाँ ७५ पैसा, स्थानीय काउली ६६ रुपैयाँ, स्थानीय काउली ९ज्यापु० ७५ रुपैयाँ, लाम्चो भन्टा ४५ रुपैयाँ, तने बोडी ५६ रुपैयाँ, लोकल सिमी ६३ रुपैयाँ, तितो करेला ८६ रुपैयाँ र राजमा सिमी ११० रहेको छ ।

१५ असार २०८१, शुक्रबार ०८:५८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस