|  

भारतले जित्यो दोस्रोपटक टी–ट्वान्टी विश्वकप

१७ असार २०८१, आईतवार ०६:३४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


असार १६, काठमाडौँ । पूरा प्रतियोगितामा अपराजित रहँदै भारतले सानदार ढंगले शनिबार टी–ट्वान्टी क्रिकेट विश्वकप २०२४ को उपाधि जितेको छ । फाइनलमा भारतले दक्षिण अफ्रिकालाई सात रनले हराएर उपाधि जितेको हो । भारतले टी–ट्वान्टी विश्वकपको उपाधि जितेको यो दोस्रो पटक हो । दक्षिण अफ्रिकाले पनि फाइनल सम्मको यात्रा अपराजित तय गरेको थियो, तर निर्णायक खेलमा चुक्यो ।
.
टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा १ सय ७६ रन बनाएको थियो । जितका लागि १ सय ७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा आठ विकेट गुमाएर १ सय ६९ रन मात्र बनाउन सक्यो । उसलाई अन्तिम ओभरमा जितका लागि १६ रन चाहिएकामा ८ रन मात्रै बनाउन सक्यो । २१ रन बनाएर खेलिरहेका डेविड मिलर हार्दिक पान्ड्याको बलिङमा सूर्यकुमार यादवले उत्कृष्ट क्याच लिएपछि भारतको जितको आधार तयार भएको थियो ।

१७ असार २०८१, आईतवार ०६:३४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस