यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
असार १७, काठमाडौँ । आज २०८१ साल असार १७ गते सोमबार तदनुसार सन् २०२४ जुलाइ १ तारिख । असार कृष्ण पक्षको दशमी तिथि ।
हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो । यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ ।
शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै सुरु हुन्छ अनि सूर्य अस्ताएपछि सकिन्छ । खाना बेलुकाको आरती सकिएपछि खाइन्छ। दिनमा शिव र पार्वतीको पूजा तथा आराधना गरिन्छ। तर कुनै पनि पूजाको अगाडि गणेशको पूजा भने अनिवार्य नै छ ।
सोमबारको उपवासले मानिसको इच्छा अनि आकंक्षा पूरा गर्ने विश्वास रहिआएको छ। त्यस्तै ज्ञान प्राप्ति हुन्छ । अविवाहित स्त्रीले असल पति पाउँ भनि सोमबार व्रत बस्ने चलन अझै पनि छ ।