यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
असार १८, काठमाडौँ । सुनको भाउ तोलामा १ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ रहेकोमा मंगलबार १ लाख ४२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ ।
यसअघि जेठ २५ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ४५ हजार रुपैयाँ पुगेको थियो । त्यस्तै चाँदीको भाउ १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १७९० रुपैयाँमा कारोबार भएको चाँदी आज १८०५ रुपैयाँ कायम भएको छ ।