|  

अस्ट्रियालाई पराजित गर्दै टर्की युरो कपको क्वाटरफाइनलमा प्रवेश

२० असार २०८१, बुधबार ०७:३० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


असार १९, काठमाडौँ । अस्ट्रियालाई पराजित गर्दै टर्की युरो कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
गएराति भएको खेलमा अस्ट्रियालाई २–१ गोल अन्तरले पराजित गर्दै टर्कीले अन्तिम ८ मा स्थान पक्का गरेको हो ।

टर्कीका लागि दुवै गोल डिफेन्डर मरिह डेमीरालले गरेका थिए । टर्कीले अब क्वाटरफाइनलमा नेदरल्यान्ड्ससँग खेल्नेछ । नेदरल्याण्ड्सपनि रोमानियालाई पराजित गर्दै आजै क्वाटरफाइनलमा आइपुगेको हो । यो सँगै अब युरो कपको क्वार्टरफाइनल समीकरण पनि पूरा भएको छ ।

क्वाटरफाइनलमा स्पेन र जर्मनी, इंग्ल्यान्ड र स्विटजरल्यान्ड तथा फ्रान्स र पोर्चुगल भिड्नेछन् । क्वार्टरफाइनलका खेलहरु शुक्रबार र शनिबार हुनेछ ।

 

२० असार २०८१, बुधबार ०७:३०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस