|  

मध्य मालीमा आतंकवादीआक्रमण, २२ जनाको मृत्यु

२१ असार २०८१, बिहीबार ०६:३२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


असार २०, काठमाण्डौँ । मध्य मालीको बन्दियागारा क्षेत्रको एक गाउँमा आतंककारी आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको छ । यो घटना सोमबारको भए पनि अधिकारीहरूले बुधबार सार्वजनिक गरेका हुन् ।

‘सोमबार साँझ करिब ५ बजे, कातिबा मासिनाका आतंककारीले जिगुइबोम्बो गाउँमा आक्रमण गरेका थिए’, एक अधिकारीले भने, ‘अस्थायी टोलमा डोजो शिकारीसहित २२ सर्वसाधारण मारिएका र धेरै बेपत्ता छन् ।

प्रत्यक्षदर्शी र स्थानीय अधिकारीहरूका अनुसार विवाह समारोह भइरहेका बेला आक्रमणकारीहरूले गाउँलाई घेरेका थिए । ‘विवाह उत्सवका क्रममा आक्रमण भयो। आक्रमणमा दुलहाको पनि ज्यान गयो’, स्थानीय एक अधिकारीले भने ।
सन् २०१२ देखि माली राजनीतिक, आर्थिक र मानवीय संकटको बीचमा आतंकवादी हमलाबाट ग्रस्त छ।

२१ असार २०८१, बिहीबार ०६:३२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस