|  

२०७६ सालदेखी धादिङ खेलकुद विकास समितिको अध्यक्षमा प्रताप सिंह तामाङ निरन्तर

२७ असार २०८१, बुधबार ०८:३१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी । धादिङ जिल्ला खेलकुद विकास समितिको अध्यक्षको प्रताप सिंह तामाङ नियुक्त भएका छन् । बागमती प्रदेश खेलकुद विकास समितिले तामाङलाई तेस्रो पटकको लागि अध्यक्षमा नियुक्त गरेको हो ।

बागमती प्रदेश खेलकुद विकास समितिले धादिङ सहित ६ वटा जिल्लामा खेलकुद विकास समितिको अध्यक्ष नियुक्त गरेको हो ।

समितिले साढे ३ महिनादेखि रिक्त रहेको १३ वटा जिल्ला खेलकुद विकास समितिमध्ये मकवानपुर, धादिङ, काभ्रे, सिन्धुली, काठमाडौं र सिन्धुपाल्चोक गरी ६ वटामा अध्यक्ष नियुक्त गरेको हो । वि स २०७६ सालदेखी धादिङ जिल्ला खेलकुद विकास समितिको अध्यक्ष प्रताप सिंह तामाङ निरन्तर रहदै आएका छन् ।

२७ असार २०८१, बुधबार ०८:३१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस