|  

नाइजेरियामा विद्यालयको भवन भत्किँदा १०० जना पुरिए, २१ जनाको मृत्यु

३१ असार २०८१, आईतवार ०६:०० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


असार ३०, काठमाण्डौँ । नाइजेरियाको उत्तरी सेन्ट्रल राज्यमा एउटा विद्यालयको भवन भत्किँदा त्यहाँ भित्र रहेका १०० जना पुरिएका छन् । स्थानीय सञ्चारमाध्यम र समाचार एजेन्सी एएफपीले मृत्युको फरक फरक सङ्ख्या दिएको छ ।

नाइजेरियाली अखबार पञ्चले मृत्यु हुनेको संख्या १७ रहेको बताएको छ भने एएफपीले हालसम्म २१ जनाको मृत्यु भएको जनाएको छ । शुक्रबार बिहान राज्यको राजधानीमा रहेको सेन्ट एकेडेमी स्कुलको भवन भत्किँदा सो विद्यालयमा उपस्थित सय जना फसेका थिए ।

नाइजेरियाको राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सी वा नेमाले सोसल मिडिया प्लेटफर्म एक्समा लेखेको छ, मृत्युको सही संख्या पुष्टि भइरहेको छ । हालसम्म भग्नावशेषमा फसेका ४० बालबालिकालाई उद्धार गरी अस्पताल पठाइएको छ । बीबीसी

३१ असार २०८१, आईतवार ०६:००  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस