|  

मुगु केन्द्रबिन्दु भएर भूकम्पको धक्का

२ श्रावण २०८१, बुधबार ०८:०२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


साउन २, काठमाडौँ । मुगुमा आज बिहान भूकम्प धक्का महसुस गरिएको छ । बिहान ४ बजेर ४० मिनेटमा मुगुको दार्मा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ ।

भूकम्प ३.९ म्याग्निच्युडको रहेको केन्द्रको अभिलेखमा उल्लेख छ । मुगुसहित आसपासका जिल्लामा धक्काको महसुस गरिएको थियो ।

२ श्रावण २०८१, बुधबार ०८:०२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस