|  

भागिरथ र कविताको तीज गीत ’दिउँला बरिलै’ सार्वजनिक

२ श्रावण २०८१, बुधबार ०८:२८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


साउन २, काठमाडौँ । गायक भागिरथ चलाउने र गायिका कविता खत्रीको स्वरमा यसवर्षको तीज पर्व विशेष गीत ‘दिउँला बरिलै’ सार्वजनिक गरिएको छ । नेत्र अर्यालको शब्द रहेको गीतमा गायक चलाउनेकै सङ्गीत छ । गीतमा कोरस स्वर रुपि सिंजाली मगर र प्रतिमा विश्वकर्माले दिएका छन् ।

गीतको भिडियोमा मोडल लोमश शर्मा र बिना राउतले नृत्य गरेका छन् । अशोक विकले निर्देशन गरेको भिडियो नवराज उप्रेतीले खिचेका हुन् ।
प्रवीण भट्टले सम्पादन गरेको भिडियोमा कविता खत्री युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

https://youtu.be/H7UB5BxVi58

 

२ श्रावण २०८१, बुधबार ०८:२८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस