|  

नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?

३ श्रावण २०८१, बिहीबार ११:२१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


साउन ३, काठमाण्डौँ । नेपाली बजारमा आज बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ३ सय रुपैयाँले घटेको छ । बुधबार प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ३ सय रुपैयाँले घटेर १ लाख ४९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ४८ हजार ८ सय रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा १ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३५ रुपैयाँले घटेर १ हजार ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

३ श्रावण २०८१, बिहीबार ११:२१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस