|  

हर्क साम्पाङ समर्थकले अस्पतालमै पसेर गरे पत्रकार सञ्जितामाथि कुटपिट, पाँच जना पक्राउ

३ श्रावण २०८१, बिहीबार १२:३६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


साउन ३, काठमाण्डौँ । सञ्चारकर्मी सञ्जिता धमलामाथि कुटपिट गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । सञ्जिताले बुधबार दिउँसो बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आफूमाथि आक्रमण भएको बताएकी छन् । आक्रमणमा संलग्न पाँच जनालाई पक्राउ गरिएको सुनसरी प्रहरीले जनाएको छ ।

सञ्जिताले धरानका मेयर हर्क साम्पाङका समर्थकले आफूमाथि कुटपिट गरेको आरोप लगाएकी छन् । प्रहरीले पनि साम्पाङ समर्थकले कुटपिट गरेको हुन सक्ने आशंका गरेको छ । केही समयता यता मेयर साम्पाङ र सञ्जिताबीच विवाद हुँदै आएको थियो । मेयर साम्पाङले महिलाहरूलाई सञ्चिताविरुद्ध आन्दोलन गर्न समेत उक्साउँदै आएका थिए । पक्राउ गरिएकालाई इनरुवा जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । उनीहरुमाथि म्याद थप गरेर अनुसन्धान अगाडि बढाइने जिल्ला प्रहरी प्रवक्ता डिएसपी नविनकृष्ण भण्डारीले बताए ।

सञ्जितामा अनुसार उनी उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेकी थिइन् । उनले फेसबुकमा लेखेककी छन्, ‘म बिरामी अवस्थामा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको एक्स–रे कोठामा पालोमा थिएँ, हर्क साम्पाङका महिला समर्थकहरूले ‘धमलालाई कुट्न आको भन्दै’ म र मेरो साथीलाई पछाडिबाट आक्रमण गरी, लुगा तान्दै, कुटपिट गर्दै, लछारपछार गरेका थिए’, उनले मोबाइल खोस्ने प्रयास समेत गरेको बताएकी छन् ।

३ श्रावण २०८१, बिहीबार १२:३६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस