|  

मौद्रिक नीति शुक्रबार आउँदै

३ श्रावण २०८१, बिहीबार १२:४४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


साउन ३, काठमाण्डौँ । राष्ट्र बैंकले आर्थिक वर्ष २०८१र८२ को मौद्रिक नीति आउने शुक्रबार नै सार्वजनिक गर्ने तयारी गरेको छ ।
साउन ४ गते अर्थात आउने शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्ने गरी आवश्यक सबै तयारी पूरा भएको केन्द्रीय बैंकस्थित भरपर्दो स्रोतले जानकारी दिएको छ ।

राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले अन्तरविभागीय छलफल तथा बाह्य छलफलहरुबाट आएका सुझाव, इमेल वा अन्य माध्यमबाट आएका सुझावहरुलाई समेत वृहत अध्ययन गरी मौद्रिक नीतिको मस्यौदा फाइनल गरिसकेको छ । यसलाई सम्भवतः बिहीबार बस्ने उच्च व्यवस्थापनको बैठकले आवश्यक परिमार्जनसहित सञ्चालक समितिमा सिफारिस गर्नेछ ।

त्यसपछि शुक्रबार बिहान नै मौद्रिक नीति सञ्चालक समितिमा छलफल हुनेछ र त्यहाँ पनि आवश्यक संसोधन गरी पास भएपछि बल्ल सार्वजनिक गरिनेछ ।

राष्ट्रबैंकले प्रत्येक आर्थिक वर्षको साउन १५ गतेभित्र मौद्रिक नीति ल्याउने गर्दछ । यसपटक पनि साउन १० गते आसपास मौद्रिक नीति आउने केन्द्रीय बैंकका अधिकारीहरुले नै बताएका भए पनि अर्थमन्त्री र गभर्नरबीच चाँडै कुरा मिल्दा साउन ४ गते नै सार्वजनिक हुने अवस्था बनेको हो ।

 

३ श्रावण २०८१, बिहीबार १२:४४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस