|  

‘देशको अवस्था प्रशंसा गर्न लायक छैन’ : प्रधानमन्त्री ओली

३ श्रावण २०८१, बिहीबार १४:२९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


साउन ३, काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको अवस्था प्रशंसा गर्न लायकको नरहेको बताएका छन् । आज काठमाडौंमा आयोजित ६२औं इन्जिनियर दिवसको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गौरवपूर्ण इतिहास भएपनि देशको सन्तोष जनक अवस्था नरहेको भन्दै त्यो अवस्थालाई बदल्न आवश्यक रहेको बताएका हुन् ।

उनले भने, ‘देशको अवस्था राम्रो छैन । प्रशंसा गर्न लायक छैन देशको अवस्था । देश प्रशंसा गर्न लायक छ, देशको इतिहास प्रशंसा गर्न लायक छ । गौरवपूर्ण इतिहास छ । भविष्य उज्वल छ । तर, आज सन्तोष मान्न र खुसी मान्न सकिने अवस्था छैन । हामीले यस अवस्थालाई हामीले बदल्नै पर्नेछ ।’

प्रधानमन्त्री ओलीले सरकारले देशमा भएका अप्ठ्यारालाई सजिलोमा परिणत गर्ने पनि बताए । उनले भने,‘सरकार अप्ठ्यारा खोज्ने होईन् अप्ठरालाई सहजिलोमा परिणत गर्न समाधान खोज्ने तरिकामा छ । त्यसैले तपाईहरु यसमा ढुक्क हुनुभए हुन्छ ।’

३ श्रावण २०८१, बिहीबार १४:२९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस