|  

उपप्रधानमन्त्री सिंह र चिनियाँ राजदूतबिच भेटवार्ता

३ श्रावण २०८१, बिहीबार १४:३७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


साउन ३, काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंह र नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गबिच आज भेटवार्ता भएको छ । भेटमा चीनका तर्फबाट राजदूत ले उपप्रधान एवं सहरी विकास मन्त्री सिंहलाई बधाई सहित कार्यकाल सफलताको शुभकामना दिए ।

भेटमा नेपाल र चीन बिचमा सहरी विकासको क्षेत्रमा के–के विषयमा सहकार्य गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।
रुकुम र जाजरकोटमा अघिल्लो वर्ष गएको भूकम्पपछिको पुनस्निर्माणमा समेत सघाउन तयार रहेको राजदूतले भेटका क्रममा बताएका थिए ।

३ श्रावण २०८१, बिहीबार १४:३७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस