|  

महान्यायाधिवक्ता बडालले लिए शपथ

३ श्रावण २०८१, बिहीबार १५:४६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


साउन ३, काठमाडौँ । नव नियुक्त महान्यायाधिवक्ता रमेश बडालले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले महान्यायाधिवक्ता बडाललाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा १५७ को उपधारा २ बमोजिम बरिष्ठ अधिवक्ता बडाललाई महान्यायाधिवक्ता पदमा नियुक्त गरेका हुन् ।

शपथ समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री ओली,प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायत उपस्थित थिए । सरकार फेरिएसँगै सरकारको कानुनी सल्लाहकार महान्यायाधिवक्ता पनि फेरिने प्रचलन छ ।

३ श्रावण २०८१, बिहीबार १५:४६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस