|  

मौद्रिक नीति आजै सार्वजनिक गरिँदै

४ श्रावण २०८१, शुक्रबार ०६:३३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


साउन ४, काठमाडौँ । आगामी आर्थिक वर्ष २०८१र०८२ को मौद्रिक नीति पास गर्न नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बैठक शुक्रबार बिहान बस्ने भएको छ । बिहान ८ बजेका लागि बैठक बोलाइएको छ । राष्ट्र बैंक स्रोतका अनुसार शुक्रबार नै राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ ।

तर, बोर्ड सदस्यहरूको राय बाझिएमा वा आफ्ना सुझाव राख्न केही समय मागेमा मौद्रिक नीति सार्वजनिक गर्ने मिति केही पर सर्नसक्ने स्रोतको भनाइ छ । यद्यपि, आजै दिउँदो अर्को बैठक बोलाएर सुझाव लिने र त्यसपछि मौद्रित नीति सार्वजनिक गर्ने तयारी छ ।

“राष्ट्र बैंकले शुक्रबार नै मौद्रिक नीति सार्वजनिक गर्ने गरी काम गरिरहेको छ,” राष्ट्र बैंक स्रोतले बाह्रखरीसित भन्यो, “तर, कुनै सदस्यले केही राय राख्न चाहनुभयो भने अर्को हप्ताका लागि समय तोकिन सक्छ ।”

नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको अध्यक्ष गभर्नर महाप्रसाद अधिकारी छन् ।

४ श्रावण २०८१, शुक्रबार ०६:३३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस