|  

एसीसी महिला टी–२० : नेपालले परिचित प्रतिद्वन्द्वी युएईको सामना गर्दै

४ श्रावण २०८१, शुक्रबार ०६:३९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


साउन ४, काठमाडौँ । एसीसी महिला टी–२० एसिया कप क्रिकेट प्रतियोगिता शुक्रबारदेखि श्रीलङ्काको डम्बुलामा सुरु हुँदै छ । महिला एसिया कपको यो नवौँ संस्करण हो । प्रतियोगितामा नेपालसहित आठवटा राष्ट्रको सहभागिता रहेको छ ।

जुलाई १९ देखि २८ साउन ४ देखि १३ गते सम्म सञ्चालन हुने उक्त प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल प्रतियोगिताको समूह ‘ए’मा परेको छ । दुई बलिया टेस्ट राष्ट्र भारत र पाकिस्तान पनि सोही समूहमा छन् । चौथो टोलीको रूपमा युएई छ ।

प्रतियोगिताको समूह ‘बी’ मा भने श्रीलङ्का, बङ्गलादेश, मलेसिया र थाइल्यान्ड रहेका छन् । प्रारम्भिक चरणको खेलपछि दुवै समूहबाट दुई–दुई टोली प्रतियोगिताको सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल खेलमा विजयी हुने दुई टोलीबिच साउन १३ गते फाइनल हुनेछ ।

४ श्रावण २०८१, शुक्रबार ०६:३९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस