|  

जम्कट्टेललाई राप्रपाले विश्वासको मत नदिने

४ श्रावण २०८१, शुक्रबार ०६:४८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


साउन ४, मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वाग्मती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

बिहीबार काठमाडौँमा भएको सो पार्टीको संसदीय दलको बैठकले मुख्यमन्त्री जम्कट्टेलले मागेको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको राप्रपा संसदीय दलका नेता उद्धव थापाले जानकारी दिए ।

राप्रपाका वाग्मती प्रदेशसभामा १२ प्रदेशसभा सदस्य छन् । मुख्यमन्त्री जम्कट्टेलले यही साउन ६ गते प्रदेशसभामा विश्वासको मत लिने तयारी गरेका छन् ।

४ श्रावण २०८१, शुक्रबार ०६:४८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस