|  

अशोकराज सिग्देल प्रधानसेनापति बन्ने निश्चित

४ श्रावण २०८१, शुक्रबार ०७:२९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


साउन ४, काठमाडौँ । नेपाली सेनाका बलाधिकृत रथी अशोकराज सिग्देल प्रधानसेनापति बन्ने निश्चित भएको छ । यसअघि उनको उमेरसम्बन्धी विवादले संसय पैदा भएको थियो ।

सैनिक मुख्यालयमा पत्रकार सम्मेलन गरेर सेनाले पहिलो पटक रथी सिग्देलको उमेर विवादबारे प्रस्टीकरण दिदै कुनै विवाद नरहेको जनाएसँगै उनी प्रधानसेनापति बन्ने निश्चित भएको हो । रथी सिग्देलको २०४० सालमा रुपन्देहीबाट जारी भएको नागरिकता र २०५८ सालमा जाजरकोटबाट जारी भएको पहिलो प्रतिलिपिमा उल्लेख भएका सबै विवरण एउटै भएको सेनाको दाबी छ ।

नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माको कार्यकाल यही भदौ २४ गते सकिँदैछ । त्यसपछि रथी सिग्देल प्रधान सेनापति बन्दै छन् ।

४ श्रावण २०८१, शुक्रबार ०७:२९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस